जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को इकाई भदौ ५ गतेसम्म विक्रीमा रहने

एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड –२ को इकाई भदौ ५ गतेसम्म विक्रीमा रहने

एनएमबि क्यापिटल लिमिटेडले साउन २६ गते देखि निष्कासनमा ल्याएको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई भदौ ५ गतेसम्म विक्रीमा रहने भएको छ । क्यापिटलले छिटो अवधि साउन ३१ गतेभित्र माग बमोजिम आवेदन नपर्ने भएपछि ढिलो अवधिसम्म विक्री खुला गर्ने जानकारी दिएको हो ।

क्यापिटलले प्रति इकाई रू. १० अंकित मूल्यको १२ हजार इकाई विक्री गर्न लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये १४ प्रतिशत अर्थात १ करोड ८६ लाख इकाई कोष प्रबद्र्धक कम्पनी एनएमबि बैंक लिमिटेड तथा १ प्रतिशत इकाई अर्थात १२ लाख योजना व्यवस्थापक एनएमबि क्यापिटलका लागि छुट्याइएको छ । यी वाहेक बाँकी रहेको १० करोड २० लाख इकाई भने सार्वजनिक निष्कासनमा आएको हो ।

यी इकाई विक्रीको जिम्मेवारी समेत एनएमबि क्यापिटल लिमिटेडलनै पुरा गर्नेछ । इच्छुक खरीदर्ताहरूले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर वेव तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ । दश वर्षे अवधिको बन्दमुखि प्रकृतिको योजना क्यापिटलले सञ्चालन गर्न लागेको हो ।

1360
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका