जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

जीवन बीमाको दीगो व्यवसाय गर्ने लक्ष्य पछ्याउँदै अघि बढेको रिलायबल नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ । बीमा समितिबाट स्वीकृति भएको बोनसदर अनुसार रिलायबल नेपाल लाइफले आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको हो । कम्पनीले आज सार्वजनिक गरेको बोनसदर अनुसार बीमितले अधिकतम् प्रतिवर्ष प्रति हजार ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीले अघिल्लो आवको तुलनामा बोनसदरमा उल्लेख्य मात्रामा बबृद्धि गर्न सफल भएको छ । रिलायबल नेपाल लाइफले केही प्रडक्टको बोनसदर ९२ प्रतिशतलेसम्मले बृद्धि गर्न सफल भएको छ । कम्पनीले सावधिक जीवन बीमालेखको बोनसदर उच्च बद्धि गर्न सफल भएको छ ।

रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ । यो नै सबैभन्दा उच्च बोनस दर हो ।

लघु सावधिक जीवन बीमा योजना अन्तर्गत सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । रिलायबल सजिलो जीवन बीमा योजना (एकल तथा सीमित अवधि भुक्तानी) को हकमा कम्पनीले सबै बीमा अवधिको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

रिलायबल सुलभ जीवन बीमा योजना बीमा पोलिसी खरिद गरेका बीमितहरुले पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ बोनस प्रति वर्ष प्रति हजार रुपैयाँका दरले पाउनेछन् ।

रिलायबल उच्च शिक्षा योजना (बाल बच्चाको सावाधिक बीमालेख)ले पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस पाउनेछन् । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कम्पनीले सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको बोनस दर अनुसार सावधिक तथा आजीवन बीमा योजना अन्तर्गत बीमितले पाँच देखि ९ वर्ष अवधिसम्मका बीमा पोलिसीले ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका बीमा पोलिसीले ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका बीमा पोलिसीले ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका बीमा पोलिसीले ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा माथि अवधिका बीमा पोलिसीले ५० रुपैयाँ प्रति वर्ष प्रति हजारका दरले बोनस पाउनेछन् ।

रिलायबल समुन्नती जीवन बीमा पोलिसीले सबै वर्षहरुमा २० रुपैयाँ प्रति वर्ष प्रति हजार बोनसदर तोकिएको छ ।त्यस्तै, रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना अन्तर्गत १०, १२ र १४ वर्षसम्म अवधिका पोलिसीका लागि समान ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिका पोलिसीका लागि समान ५५ रुपैयाँ बोनसदर कायम भएको छ ।

1370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका