जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • मुक्तिनाथ विकास बैंक २२.२३% ले खूद ब्याजआम्दानी बढाउन सफल

मुक्तिनाथ विकास बैंक २२.२३% ले खूद ब्याजआम्दानी बढाउन सफल

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मुक्तिनाथ विकास बैंकको खूद नाफा सामान्य घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ३४ करोड ५५ लाख रुपैयाँ खूद मुनाफा आर्जन भएकोमा यो वर्ष घटेर ३० करोड ७४ लाख रुपैयाँमा सीमित बन्न पुगेको हो ।

यस्तै, अघिल्लो वर्ष ४९ करोड ३६ लाख रहेको सञ्चालन मुनाफा पनि घटेर ४३ करोड ९१ लाखमा सीमित भएको छ ।

बिषम परिस्थितिमा पनि मुक्तिनाथ विकास बैंकले व्यवसाय विस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी बढेर १ अर्ब २ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी ८३ करोड ७६ लाखमा सीमित थियो । यसरी खूद ब्याज आम्दानीतर्फ बैंकले २२.२३ प्रतिशतको प्रगति गरेको छ ।

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा ८१ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

बैंकको खूद नाफा घट्दा अघिल्लो वर्षको यही अवधिसम्म रु. २४.४४ रहेको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) घटेर रु.२१.७४ मा सीमित बन्न पुगेको छ भने १ अर्ब ६२ करोडमा सीमित रिजर्बको आकार चाहि बढेर १ अर्ब ९५ करोडको उचाईमा पुगेको छ ।

समीक्षा अवधिसम्म मुक्तिनाथ विकास बैंकले १ खर्ब ५ अर्ब बढी निक्षेप संकलन गरी ८८ अर्ब २ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा मुक्तिनाथले पनि अन्य बैंकले झै निक्षेप र कर्जामा सामान्य मात्र बढोत्तरी गर्न सकेको देखिन्छ ।

बैंकको अघिल्लो वर्ष ०.२३ प्रतिशतमा रहेको खराब कर्जाको अनुपात बढेर ०.७७ प्रतिशत पुगेको देखिएको छ । बढेको खराब कर्जाको प्रभिजनमा कमाएको नाफा छुट्याउनु पर्दा बैंकको नाफा हिट भएको देखिन्छ ।

समीक्षा अवधिसम्म बैंकको पीई रेसियो १८.७२ गुणा, प्रतिसेयर नेटवर्थ १४८.५८ रुपैयाँ, तरलता अनुपात २३.७५ प्रतिशत, रिटर्न अन इक्वीटी १४.९० प्रतिशत कायम भएको छ ।

1780
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका