जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • प्रभु बैंक लिमिटेडको नयाँ शाखा सञ्चालन

प्रभु बैंक लिमिटेडको नयाँ शाखा सञ्चालन

प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा पालुङटार शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।

आजदेखि सञ्चालनमा आएको प्रभु बैंकको पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

9525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका