जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्याजबाटै कमायो राष्ट्र बैंकले साढे ३३ अर्ब रुपैयाँ

ब्याजबाटै कमायो राष्ट्र बैंकले साढे ३३ अर्ब रुपैयाँ

नेपाल राष्ट्र बैंकले मौद्रिक औजार प्रयोगलगायत अन्य लगानीहरुबाट सञ्चालन आम्दानी ४५.११ प्रतिशतले बढाएको छ। राष्ट्र बैंकले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै खुद सञ्चालन आय ३५ अर्ब ७६ करोड ९९ लाख रुपैयाँ पुगेको जनाएको छ।

खुद आयमा ब्याज आम्दानीको अंश ९३.७२ प्रतिशत, विदेशी विनिमय खरीद बिक्रीबाट आम्दानी ५.६८ प्रतिशत र अन्य आम्दानी ०.६ प्रतिशत रहेको जनाइएको छ।

राष्ट्र बैंकले खुद ब्याज आय ३३ अर्ब ५२ करोड २४ लाख रुपैयाँ गरेको छ। विदेशी विनियमयबाट २ अर्ब ३ करोड १२ लाख र अन्य आम्दानी २१ करोड ६२ लाख रुपैयाँ गरेको छ।

राष्ट्र बैंकको कुल बृस्तृत आय ६३ अर्ब १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ। पोहोर ३२ अर्ब ४७ करोड १२ लाख रुपैयाँ थियो।

1730
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका