जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • बिमा कम्पनीहरुलाई पुँजी बढाउने समय थप

बिमा कम्पनीहरुलाई पुँजी बढाउने समय थप

नेपाल बीमा प्राधिकरणले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गर्ने समय थप गरेको छ । प्राधिकरणले बिमा ऐन, २०७९ को दफा १६६ को अधिकार प्रयोग गरी बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ लाई संशोधन गर्दै कम्पनीहरुलाई २०८० असार मसान्तसभित्र चुक्ता पुँजी पुर्याउने म्याद थप गरिदिएको हो ।

बीमक दर्ता तथा व्यवसाय सञ्चालन सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका, २०८० तुरुन्त प्रारम्भ हुने प्राधिकरणले जनाएको छ । ‘२०७९ साल चैत मसान्तभित्र चुक्ता पुँजी कायम गर्न नसक्ने बीमकले मनासिव कारणसहित निवेदन दिएमा प्राधिकरणले यस निर्देशिका बमोजिमको चुक्ता पुँजी २०८० साल असार मसान्तभित्र कायम गर्ने गरी म्याद थप गर्न सक्नेछ।’ निर्देशिकामा उल्लेख छ ।

प्राधिकरणले गत चैत महिनामा बिमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । प्राधिकरणले चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुलाई न्युनतम चुक्ता पूँजी ५ अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीलाई २ अर्ब ५० करोड रुपैयाँ कायम गर्न निर्देशन दिएको थियो ।

समय सीमाभित्र ४ बिमा कम्पनीले मात्रै तोकिए बमोजिमको न्यूनतम चुक्ता पुँजी पुर्याएका छन् । अधिकांश बिमा कम्पनीहरुले समय सीमाभित्र पुँजी पुर्याउन नसकेपछि प्राधिकरणले समय थप गर्ने सुविधासहित निर्देशिका संशोधन गरेको हो ।

जीवन बिमा कम्पनीतर्फ नेपाल लाइफले मात्रै तोके बमोजिमको न्यूनतम पुँजी कायम गरेको छ । यस्तै, निर्जीवन बिमा कम्पनीतर्फ शिखर, सिद्धार्थ प्रिमियर र सगरमाथा लुम्बिनीले पुँजी पुर्याएका छन् ।

3275
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?