जोडिनुहोस
आइतवार, बैशाख १६, २०८१
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • सामसङ नेपालद्वारा काठमाण्डौमा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक गर्न रिटेलर मिट

सामसङ नेपालद्वारा काठमाण्डौमा ग्यालेक्सी जेड फ्लिप ५/जेड फोल्ड ५ सार्वजनिक गर्न रिटेलर मिट

काठमाण्डौमा ग्यालेक्सी जेड फ्लिप ५ र जेड फोल्ड ५ को सफलतापूर्वक अनावरण गरेपछि सामसङ नेपालले काठमाण्डौमा २०८० साउन ३२ गते रिटेलर मिट कार्यक्रमको आयोजना गरेको छ। रिटेलर मिटमा नयाँ फोल्डयोग्य उपकरणहरुका साथमा कारोबार गर्ने प्रतिष्ठित ९०  जना भन्दा बढी व्यापारी साझेदारहरुको उपस्थिति थियो। कार्यक्रममा दौरान हालै बिक्री शुभारम्भ गरिएका नयाँ मोडलहरु ग्यालेक्सी जेड फोल्ड ५ र ग्यालेक्सी जेड फ्लिप ५ का विशेषताहरु जस्तै पकेटेबिलिटी, कभर स्क्रिन, फ्लेक्स मोड, वाइड स्क्रिन, ईमर्सिभ भ्युइङ, सेल्फी र आईपीएक्स८को खुबीहरु दर्शाइएको थियो र तिनका बारेमा छलफल गरिएको थियो।

दुवै ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ लाई धेरै टिकाऊपनाको अपेक्षा पूर्ति गर्ने गरी सावधानीपूर्वक निर्माण गरिएको छ। मुख्य स्क्रीन सक डिस्पर्सन तहका साथ जडान गरिएको छ र अत्याधिक सलिड डिस्प्लेको लागि पुनः डिजाइन गरिएको छ। यसका साथै आईपीएक्स८को समर्थन, आर्मर अलुमिनियम फ्रेमहरु, र गोरिल्ला ग्लास भिक्टसको प्रयोग फ्लेक्स विण्डो र पछाडि कभर दुवैतिर गरिएको छ।

ग्यालेक्सी जेड फ्लिप ५ र ग्यालेक्सी जेड फोल्ड ५ले ग्राहकहरुलाई अपेक्षाकृत संरक्षण प्रदान गर्दछ। जसलाई फ्लेक्स हिन्जले थप विस्तार गरेको छ। यो नयाँ एकीकृत हिन्ज मोडलमा बाह्य असरहरुलाई फैलाउने दुई रेलको संरचनाको विशेषता छ। यसको खोज उद्देश्यमूलक रुपमै अधिकतम दिगोपनाको लागि गरिएको हो। उत्पादनको जीवनचक्र बढाउन हरेक उपकरण ५ वर्षको सुरक्षा अद्यावधिक र ओएस स्तरोन्नतिको ४ पुस्ताका साथ उपलब्ध छ।

ग्यालेक्सी जेड फ्लिप ५ सम्झौता बिना स्वअभिव्यक्त गर्ने अल्टिमेट पकेटेबल उपकरण

ग्यालेक्सी जेड फ्लिप ५ले स्व–अभिव्यक्तका लागि निर्मित खल्ती आकारको उपकरणमध्येबाट स्टाइलिस, उत्कृष्ट फोल्ड गर्न योग्य अनुभव प्रदान गर्दछ। ग्यालेक्सी जेड फ्लिप ५ तीन प्रकारका रङ्गहरु मिन्ट, लाभेण्डर र कालोमा उपलब्ध छ। यो एकै प्रकार (८ प्लस २५६ जीबी)मा मात्र उपलब्ध छ र यसको मूल्य रु.१ लाख ३९ हजार ९९९तोकिएको छ।

ग्यालेक्सी जेड फोल्ड ५ः वाइड स्क्रिनयुक्त अल्टिमेट प्रडक्टिभिटी भएको पावरहाउस 

निमग्न प्रदान गर्दै वाइड स्क्रिन र धेरै समय चल्ने ब्याट्री सहितको सबैभन्दा पातलो हल्का फोल्ड गर्न मिल्ने ग्यालेक्सी जेड फोल्ड ५ जहाँ पनि लैजान सजिलो छ। साथै, ग्यालेक्सी जेड सिरिजमा सबैभन्दा शक्तिशाली पर्फरमेन्स प्रदान गर्दछ। ग्यालेक्सी जेड फोल्ड ५ कालो र हल्का नीलो २ प्रकारका दामी रङहरुमा पाइनुका साथै १२ जिबि मेमोरीसहितका २५६ जीबी र ५१२ जीबी भण्डारण क्षमता भएका २ प्रकारमा उपलब्ध छन्। ग्यालेक्सी जेड फोल्ड ५ (१२ प्लस२५६ जीबी) को मूल्य रु. २ लाख २६ हजार ९९९ र ग्यालेक्सी जेड फोल्ड ५ (१२प्लस५१२ जीबी)को मूल्य रु. २ लाख ३९ हजार ९९९ कायम गरिएको छ।

यी मोडलहरुको प्रिअर्डर २०८० साउन २२ गतेदेखि नै शुरु भैसकेको छ। यसका साथै हरेक फोल्डयोग्य डिभाइसको प्रि– अर्डरमा ग्राहकहरुले रु. २५ हजारसम्मको फाइदा हुने छुटाउनै मुश्किल पर्ने केही आकर्षक उपहारहरु पनि रोज्न सक्नेछन्।

965
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका