जोडिनुहोस
आइतवार, मंसिर १७, २०८०
आइतवार, मंसिर १७, २०८०

हालको खबर

  • होमपेज
  • भिपिएन र डिएनएसले आर्थिक दुरुपयोगका घटना बढ्यो: साइबर ब्यूरो

भिपिएन र डिएनएसले आर्थिक दुरुपयोगका घटना बढ्यो: साइबर ब्यूरो

नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले भिपिएन र डिएनएस प्रयोगले आर्थिक दुरुपयोगका घटना बढेको जनाएको छ । ब्यूरोका उप–निर्देशक समेत रहेका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले भिपिएन र डिएनएसले महत्त्वपूर्ण विवरणहरूमा पहुँच पुर्‍याउने जनाएका हुन् ।

पछिल्लो समय भिपिएन प्रयोग गरेर सामाजिक सञ्जाल टिकटक चलाउनेहरू बढेका छन् । नेपाल सरकार मन्त्रीपरिषद् बैठकको निर्णयबाट भिडियो प्लेटफर्म सामाजिक सञ्जाल टिकटक नेपालमा बन्द गरिएको छ । पूर्ण रूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन र डिएनएस जस्ता असुरक्षित अवैध माध्यमबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त भएको उनले जानकारी दिए । भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंङ्कीङ विवरणहरूको समेत पहुँच पुर्‍याइ चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको उनले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

त्यस्तै, विद्युतीय स्वरूपमा गैर–कानुनी कुरा सम्प्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्र हितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि समेत टिकटकको माध्यमबाट हुने गरेको पाइएको छ । यस प्रकारका गतिविधिहरू प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न नगराउनु नेपाल प्रहरी साइबर ब्यूरोले अनुरोध समेत गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका