जोडिनुहोस
शनिबार, साउन १२, २०८१
शनिबार, साउन १२, २०८१
  • होमपेज
  • रियल स्टेट र सेयर धितोकर्जामा राष्ट्र बैंकको लचकता, घट्यो जोखिम भार

रियल स्टेट र सेयर धितोकर्जामा राष्ट्र बैंकको लचकता, घट्यो जोखिम भार

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरेको छ । यसअघि सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा २५ लाखसम्मको आवासीय घर कर्जामा २ प्रतिशतभन्दा बढि प्रिमियम थप्न नपाईने व्यवस्था पनि गरेको छ । यसैगरी, ५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिने राष्ट्र बैंकले जनाएको छ । ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

1085
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका