जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • यी हुन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ठूला २५ सेयरधनी

यी हुन् शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका ठूला २५ सेयरधनी

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ठूला सेयरधनीमा २५ व्यक्ती रहेका छन् । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व थानेश्वर पौडेलेको २.२८ प्रतिशत अर्थात ९ लाख ७७ हजार ७२६ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकमा १ प्रतिशत भन्दा बढी सेयर स्वामित्व हुनेमा देवेन्द्र कार्की र राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन् । बैंकमा कार्कीको १.०३ प्रतिशत अर्थात ४ लाख ३९ हजार ८७९ कित्ता र श्रेष्ठको नाममा ४ लाख ३६ हजार ६३८ कित्ता सेयर स्वामित्व रहेको छ । बाँकी सेयरधनीको सेयर स्वामित्व १ प्रतिशत भन्दा कम रहेको छ ।

बैंकमा बाल कृष्ण भुसालको ०.९८ प्रतिशत अर्थात ४ लाख १७ हजार ८५७ कित्ता, कृष्ण प्रसाद शर्माको ०.९१ प्रतिशत अर्थात ३ लाख ८८ हजार ९६६ कित्ता, दिलिप राज मास्केको ०.७९ प्रतिशत अर्थात ३ लाख ४० ३९४ कित्ता, भुवन भण्डारीको ०.७५ प्रतिशत अर्थात ३ लाख २० हजार ८७७ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै मृगेन्द्र प्रसाद श्रेष्ठको ०.६९ प्रतिशत अर्थात २ लाख ९३ हजार ९०३ कित्ता, कृष्ण प्रसाद भण्डारीको ०.६७ प्रतिशत अर्थात२ लाख ८६ हजार ५६१ कित्ता, मिना कुमारी श्रेष्ठको नाममा ०.६० प्रतिशत अर्थात २ लाख ५६ हजार ६१२ कित्ता, सुरेन्द्र प्रसाद श्रेष्ठको ०.६० प्रतिशत अर्थात २ लाख ५६ हजार २४३ कित्ता, इश्वर प्रसाद पौडेलको ०.६० प्रतिशत अर्थात २ लाख ५६ हजार २४३ कित्ता, जनक प्रधानको ०.६० प्रतिशत अर्थात २ लाख ५५ हजार ४१५ कित्ता सेयर स्वामित्व रहेको छ ।

बैंकका अनुसार दान बहादुर कुँवर क्षेत्रीको ०.५९ प्रतिशत अर्थात २ लाख ५१ हजार ४०१ कित्ता, महेश्वर प्रधान श्रेष्ठको ०.५७ प्रतिशत अर्थात २ लाख ४५ हजार ४०१ कित्ता, केदार मान कक्षपतिको ०.५७ प्रतिशत अर्थात २ लाख ४४ हजार ४८६ कित्ता, मेघराज कक्षपतिको ०.५७ प्रतिशत अर्थात २ लाख ४४ हजार ४८२ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै बिष्णु प्रसाद शर्माको ०.५७ प्रतिशत अर्थात २ लाख ४४ हजार ४८६ कित्ता, हरी प्रसाद प्रधानको ०.५५ प्रतिशत अर्थात २ लाख ३६ हजार ६८८ कित्ता, सुरेश कुमार दरेवालको ०.५५ प्रतिशत अर्थात २ लाख ३५ हजार ४७९ कित्ता, सुश्मा क्षेत्रीको ०.५३ प्रतिशत अर्थात २ लाख २८ हजार २१६ कित्ता, नारायण प्रसाद अग्रवालको ०.५३ प्रतिशत अर्थात २ लाख २४ हजार ९६५ कित्ता, सुरज उप्रेतीको ०.५२ प्रतिशत अर्थात २ लाख २२ हजार ३९५ कित्ता, टंकेश्वर खनालको ०.५१ प्रतिशत अर्थात २ लाख १७ हजार ४७५ कित्ता र बिरेन्द्र भुसालको ०.५० प्रतिशत अर्थात २ लाख १६ हजार १५१ कित्ता सेयर सेयर स्वामित्व रहेको छ ।

820
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका