जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नबिल बैंकको ऋणपत्रको बिक्री खुला, आवेदन दिने म्याद पुस ३ सम्म

नबिल बैंकको ऋणपत्रको बिक्री खुला, आवेदन दिने म्याद पुस ३ सम्म

नबिल बैंकले ऋणपत्रको निष्कासन तथा बिक्री खुला गरेको छ। बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको ७ वर्ष अवधिको ऋणपत्र ‘९ % नबिल डिबेन्चर २०८७’ शुक्रबार निष्काशन तथा बिक्री खुला गरेको हो। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेकामा त्यसको ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ।

बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ। सर्वसाधारणमा बाँडफाँड गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।

ऋणपत्रका लागि कम्तिमा २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सकिन्छ। आवेदन दिने म्याद पुस ३ गतेसम्म छ। सो समयसम्म पर्याप्त आवेदन नपरे ऋणपत्र बिक्रीको अवधि पुस १३ गतेसम्म थपिने छ।

बैंकको ऋणपत्र निष्कासन तथ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडछ।

4215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका