जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • डेपुटी गभर्नर मिश्रले भने- उद्योगीको माग अनुसार ऋणको ब्याजदर एकल अंकमा आयो

डेपुटी गभर्नर मिश्रले भने- उद्योगीको माग अनुसार ऋणको ब्याजदर एकल अंकमा आयो

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले व्यवसायीहरूको अनुरोध अनुसार नै ऋणको ब्याजदर एकल अंकमा आएको भन्दै लगानी विस्तार गर्न आग्रह गरेका छन्।

नेपाल उद्योग परिसंघको आयोजनामा बिहिबार काठमाडौंमा सुरु भएको पूर्वाधार सम्मेलनमा उनले ऋणको ब्याजदर एकल अंकमा आएकाले लगानीकर्ताले हिच्किचाउनुपर्ने अवस्था नरहेको बताए।

‘व्यवसायीहरुको अनुरोध अनुसार ने अहिले ऋणको ब्याजदर एकल अंकमा आएको छ। लगानी विस्तारका लागि यो उपयुक्त अवस्था हो,’ उनले भने।

डेपुटी गभर्नर मिश्रले पूर्वाधार विकासमा सहयोगी हुन आफूहरु सधैं तयार रहेको भन्दै राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्दै आबएको बबताए। उनले वैदेशिक लगानी फिर्ता लाने व्यवस्थालाई सरलीकरण गरिएको बताए।

3040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका