जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सानिमा बैंक तुल्सीपुर शाखाद्धारा “ग्लोवल मनि विक २०२६” कार्यक्रम सम्पन्न

सानिमा बैंक तुल्सीपुर शाखाद्धारा “ग्लोवल मनि विक २०२६” कार्यक्रम सम्पन्न

सानिमा वैंक लिमिटेड, तुल्सीपुर शाखाले विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “ग्लोवल मनि विक २०२६” को अवसरमा सानिमा बैंक, तुल्सीपुर शाखाद्धारा बिहीबार तुल्सीपुर.उपमहानगरपालिका वडा नम्बर ४ स्थित गुरुजजुर माध्यामिक विद्यालयमा, “शिक्षा शास्त्र” संकायमा अध्ययनरत विद्यार्थीहरुमाझ वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको हो।

“स्मार्ट मनि टक्स” भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा बोल्दै बैंकका शाखा प्रवन्धक मछिन्द्र कुमार भण्डारीले आजको युगमा डिजिटल वैंकिङ सेवा अपरिहार्यताको सन्दर्भमा विद्यार्थीलाई प्रकाश पार्दै बैंकिङ शिक्षाको बारेमा जानकारी गराएका थिए। कार्यक्रममा विद्यालयका शिक्षक प्रमोद न्यौपानेले सानिमा बैंकले जिल्लामा छिटो, छरितो तथा सरल र सुलभ तरिकाले दिएको सेवाप्रति प्रशंसा व्यक्त गर्दै अवको नयाँ प्रविधीयुक्त युगमा विद्यार्थीहरुलाई बितिय साक्षरता सम्बन्धी ज्ञान अपरिहार्य रहेको कुरा बताए।

435
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका