जोडिनुहोस
बिहिबार, जेष्ठ २८, २०८३
बिहिबार, जेष्ठ २८, २०८३
  • होमपेज
  • समस्याग्रस्त सहकारीका १३२ ऋणीको विवरण सार्वजनिक

समस्याग्रस्त सहकारीका १३२ ऋणीको विवरण सार्वजनिक

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित ‘हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड’ र ‘कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेड’का कुल १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिको २०८३ वैशाख २३ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको सो नामावलीमा हाम्रो नयाँ कृषि सहकारीका १२ जना र कृषि विकास बहुउदेश्यीय सहकारीका १२० जना ऋणीहरू समावेश छन्।

समितिले आफूसँग उपलब्ध ऋण विवरणका आधारमा उक्त नामावली प्रकाशित गरिएको जनाएको छ। यदि कसैले साविकमै ऋण चुक्ता गरिसकेको भएमा प्रमाणसहित उपस्थित हुन र ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई यथाशीघ्र कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न समितिले सूचित गरेको छ। तोकिएको समयभित्र ऋण नतिर्ने ऋणीहरूविरुद्ध प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिको चेतावनी छ। बचतकर्ताको रकम फिर्ता गराई उनीहरूको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको समितिले स्पष्ट पारेको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका