जोडिनुहोस
बुधबार, असार १७, २०८३
बुधबार, असार १७, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकले जित्यो ‘बीपीए अवार्ड २०२५’ को सिल्भर अवार्ड

गरिमा विकास बैंकले जित्यो ‘बीपीए अवार्ड २०२५’ को सिल्भर अवार्ड

गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले (आईक्यान) प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५ अन्तर्गत सिल्भर अवार्ड प्राप्त गरेको छ । कम्पनीहरूले प्रकाशित गर्ने वार्षिक प्रतिवेदनको पारदर्शिता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डका आधारमा प्रदान गरिने उक्त अवार्ड बैंकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आईक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमल्सिनालाई अवार्ड हस्तान्तरण गरेका थिए । गरिमा विकास बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट उत्कृष्ट व्यवस्थापन र संस्थागत सुशासनका क्षेत्रमा सम्मान प्राप्त गर्दै आएको जनाएको छ । बैंकले न्यु बिजनेस एज लिमिटेडद्वारा आयोजित न्युबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ मा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ तथा कर्पोरेट बिजनेस म्यागजिनद्वारा आयोजित कर्पोरेट बिजनेस अवार्ड एन्ड समिट २०२६ मा ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ अवार्ड पनि प्राप्त गरेको थियो ।

आईएसओ ९००१:२०१५ र आईएसओ २७००१:२०२२ प्रमाणित गरिमा विकास बैंकले हाल देशभर १२६ शाखा, ५१ एटीएम तथा डिजिटल बैंकिङ सेवामार्फत करिब ९ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

35
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका