जोडिनुहोस
आइतवार, मंसिर ९, २०८१
आइतवार, मंसिर ९, २०८१
  • होमपेज
  • ब्याजदरको बिषयमा २८ बाणिज्य बैंकलाई राष्ट्र बैंकको गोप्य सर्कुलर

ब्याजदरको बिषयमा २८ बाणिज्य बैंकलाई राष्ट्र बैंकको गोप्य सर्कुलर

निक्षेप तान्न ब्याजदरमा बदमासी गरेको उजुरीपरेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर जारि गरेको छ। बैंकर्स संघका पदाधिकारीले उजुरी गरेपछि राष्ट्र बैंकले कात्तिक ६ गते २८ वटै बाणिज्य बैंकहरुलाई सर्कुलर जारि गर्दै निक्षेप तान्न नियम बिपरित काम नगर्नलाई चेतावनी दिएको हो।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले एक सर्कुलर जारी गर्दै ब्याजदरमा तलमाथि गर्ने बैंकलाई कारबाही गर्ने चेतावनी दिइएको छ।

‘बोलकबोलबाट संकलन हुने संथागत मुद्दति निक्षेपको हकमा इजाजतप्राप्त संस्थाहरुले प्रकाशित गरेको ब्याजदरम १ प्रतिशत बिन्दूसम्म थपघट गरी निक्षेप संकलन गर्न सकिने निर्देशनको व्यवस्थाको कुनै कुनै इजाजतप्राप्त संस्थाले पालना नगरेको भन्ने गुनासो आएको हुँदा उक्त निर्देशनको अक्षरस पालना गर्नेतर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ,’ सर्कुलरमा भनिएको छ,‘उक्त निर्देशनको उल्लंघन भएमा निर्देशन नं. २२/०७५ को बुँदा नं. ४९ बमोजिम कारबाही भैजाने व्यहोरा समेत जानकारी गराउँदछु ।’

केहि बाणिज्य बैंकहरुले संस्थागत निक्षेप आकर्षण गर्नलाई प्रकाशित ब्याजदरमा १ प्रतिशत भन्दा बढी ब्याजदर अफर गरेको उजुरी परेपछि अहिले २८ वटै बाणिज्य बैंकलाई पत्र काटिएको नियमन बिभागले जनाएको छ।

बाणिज्य बैंकहरुबीच भएको ‘भद्र सहमति’ बिपरित ति बैंकहरुले ब्याजदर प्रस्ताब गरेको उजुरी पत्रमा उल्लेख भएको बिभागले जनाएको छ। बाणिज्य बैंकहरुबीच संस्थागत मुद्दति निक्षेप नविकरण गर्दा ९.६० प्रतिशतसम्म ब्याजदर दिन पाउने भद्र सहमति छ।

नबिल, नेपाल इन्भेष्टमेन्ट जस्ता बाणिज्य बैंकलाई फाइदा भएपनि नेपाल बंगलादेश, सिभिल, सेन्चुरी, जनता, जस्ता बैंकहरुलाई भद्र सहमति ‘घाँडो’ भएको बैंकरहरुको भनाई छ। यद्दपी अर्थमन्त्री र गभर्नरज्यूको सहमतिमा ब्याजदरमा भद्र सहमति भएको भन्दै नेपाल राष्ट्र बैंकले अन्तराष्ट्रिय अभ्यास बिपरित ‘सिन्डिकेट’ जस्तो देखिने भद्र सहमति पालना गर्न प्रत्यक्षरुपमा हस्तक्षेप गर्दै आएको छ।

7650
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
४५ अर्बको सेयर आउँदै