जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • एनएमबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण

एनएमबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण

छ महिनासम्म कारोबार रोकिएको एनएमबी बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

एउटै लगानीकर्ताले अधिकतम १० हजार कित्तासम्म शेयर बिक्री गरेका छन्। एनएमबी र ओम डेभलपमेन्ट बैंक मर्ज हुने संझौता भएपछि दुबै बैंकको कारोबार रोकिएको थियो।

छ महिनासम्म कारोबार रोकिदा लगानीकर्ताहरु कारोबार कहिले कारोबार खुल्छ भनेर पर्खिरहेका थिए। पैसा खाचो पर्नेले शेयर बिक्री गरेको र लामो समयदेखि बैंकको शेयर खरिद गर्न नपाएकाहरुले खरिद गरेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले बताए।

एनएमबी र ओम डेभलपमेन्ट बैंक १००:७६ को अनुपातमा मर्ज भएको थियो। मर्ज हुनुभन्दा अगाडी एनएमबी शेयर मूल्य ३८२ रुपैयाँमा बन्द भएको थियो। त्यस्तै कारोबार रोक्का हुनुभन्दा अगाडि ओमको शेयर मूल्य १९७ रुपैयाँ थियो।

ओमका शेयरधनीहरुलाई एनएमबी बैंकसँग गाभिएपछि बजार मूल्यका आधारमा ३५ प्रतिशत फाइदा भएको छ। ओमका शेयरधनीहरुले राम्रो फाइदा पाएपछि शेयर बिक्री गरेर नाफा बुक गर्न खोजेको देखिन्छ।

एनएमबीले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छैन। मर्जपछि पनि बैंकले राम्रो लाभांश दिन सक्ने प्रक्षेपण गर्नेले शेयर खरिद गरिरहेका छन्।

ओमकाले नाफा बुक गर्न खोज्दा र लाभांस पाइने आशामा शेयर खरिद गर्ने दुबै पक्ष हाबी हुँदा बैंकको अधिकतम कारोबार भएको हो

9530
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका