माछापुच्छ्रे बैंकले ३७ करोड ६० लाख रुपैयाँ नाफा गरेको छ। सञ्जाल बिस्तारमा खर्च बढाए पनि बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासको नाफा घटाएको छैन।
बैंक गत आर्थिक बर्ष मात्रै ४३ वटा शाखा थपेर १३१ वटा पुर्याएको थियो। चालु बर्षको पहिलो तीन महिनामा अरु १२ वटा थपेर १४३ पुर्याइसकेको छ।
पहिलो त्रैमासमा बैंकले साढे ८ अर्ब रुपैयाँले ऋण बढाएको छ। अहिले बैंकसँग कुल ऋण ८६ अर्ब पुगेको छ। बैंकले निक्षेप भने ऋण बिस्तारको अनुपातमा कम संकलन गरेको छ। बैंकले पहिलो तीन महिनामा ६ अर्ब सात करोड निक्षेप संकलन गरेको छ।
बैंकले ३ अर्बको ऋणपत्र जारी गरेकाले ऋण बिस्तारमा सहज भएको हो। बैंकले ऋणपत्र र निक्षेप गरेर पहिलो त्रैमासमा ९ अर्बको स्रोत जुटाएको हो ।