जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले मनायो वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले मनायो वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स आइतबारदेखि १९ वर्ष पूरा गरी २० औं वर्ष प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव अवसरमा विभिन्न संस्थालाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग उपलब्ध गराएको छ ।

कम्पनीले वार्षिकोत्सव अवसरमा क्षेत्रपाटीस्थित छत्रपाटी चिकित्सालयलाई अक्सिजन प्लान्ट स्थापनामा सहयोग पु¥याउन काठमाडौं महानगरपालिका–१७ का वडाध्यक्ष नवीन मानन्धरको उपस्थितिमा चिकित्सालयका कोषाध्यक्ष सजनी जोशीलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले सहयोग रकमको चेक हस्तान्तरण गरे ।

यस्तै, ललितपुरको बुङमतिमा रहेको अपांग सेवा संघलाई तीन वर्षदेखि खाद्यान्न अनुदान उपलब्ध गराउँदै आएकामा सो अनुदान थप एक वर्षका लागि दिने गरी संस्थाका अध्यक्ष दयाराम महर्जनले सम्झौता गरेका छन् ।

हाल कम्पनीले निक्षेप ६ अर्ब २१ करोड, चुक्ता पुँजी ८६ करोड ४० लाख र कर्जा ४ अर्ब ६० करोड प्रवाह गरी ०७७ चैत मसान्तसम्म १० करोड ८४ लाख सञ्चालन मुनाफा आर्जन गरेको कार्यक्रममा जानकारी दिइयो ।

हाल संस्थाले २१ वटा शाखा र दुई वटा एक्सटेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ भने आधुनिक बैंकिङ सेवाअन्तर्गत  एटिएम, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, लकर सुविधा, आईपीएस/कनेक्ट आईपीएस, सि–आस्वा, रेमिटलगायत सेवा सञ्चालन गरिरहेको छ ।

5585
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका