जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकले सनराइज क्यापिटलको आफ्नो संस्थापक सेयर बेच्दै, लिलामी बोलपत्र आह्वान

राष्ट्रिय वाणिज्य बैंकले सनराइज क्यापिटलको आफ्नो संस्थापक सेयर बेच्दै, लिलामी बोलपत्र आह्वान

राष्ट्रिय वाणिज्य बैंकले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटल लिमिटेडको संस्थापक सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। लिलामी सेयरमा आवेदन दिनेहरुले असोज ६ देखि २० गतेसम्म सिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

बैंकले प्रतिकित्ता २०५.८२ दरको ४ लाख २८ हजार ५८० कित्ता बिक्री गर्न लागेको हो। आवेदकहरुले २०५.८२ पैसा वा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्न पाउनेछन्। उक्त रकमभन्दा कम मूल्यमा सिलबन्दी बोलपत्र पेश गरे बाँडफाँटमा नपर्ने बैंकले जनाएको छ।

आवेदकहरुले बैंकले लिलामी गर्न लागेको सबै कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ। खरिदकर्ताले खरिद गर्न चाहेको सबै सेयरको रकम अग्रिम रूपमा धरौटी वापत राष्ट्रिय वाणिज्य बैंकको खातामा जम्मा गनु पर्नेछ।

बैंकले प्राप्त बोलपत्रहरु असोज २२ गते बिहान साढे १० बजे बिक्री प्रबन्धककहाँ खोल्ने जानकारी दिएको छ। बैंकको बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।

11325
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका