जोडिनुहोस
बिहिबार, माघ २३, २०८२
बिहिबार, माघ २३, २०८२
  • होमपेज
  • शिखर इन्स्योरेन्सले ३६ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारणसभा

शिखर इन्स्योरेन्सले ३६ प्रतिशत लाभांश पारित गर्न डाक्यो साधारणसभा

शिखर इन्स्योरेन्स कम्पनीले चैत ९ गते वार्षिक साधारणसभा बोलाउँदै लाभांशसँगै हकप्रद प्रस्ताव पनि अगाडि सारेको छ।

कम्पनीले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुई आर्थिक वर्षको साधारणसभा गर्न लागेको हो।

कम्पनीले गत असार मसान्तमा कायम चुक्ता पुँजीको ३६.१ प्रतिशतका दरले बोनस सेयर दिने छ। यो भनेको चालु आर्थिक वर्ष बाँडफाँट गरिएको हकप्रदपछि कायम पुँजीको २७.७६ प्रतिशत हुन आउँछ। यससँगै १.९ प्रतिशत नगद लाभांश वितरण गर्ने छ।

कम्पनीको अधिकृत पुँजी ४ अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव पनि अगाडि सारिएको छ। बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीमा संस्थापक सेयरधनीको हिस्सा घटाउने प्रस्ताव पनि लगिएको छ।

अहिले ६० प्रतिशत रहेको हिस्सालाई ५१ प्रतिशतमा झारिने छ। ४० प्रतिशतको सर्वसाधारणको हिस्सालाई ४९ प्रतिशत पुर्‍याइने छ।

बोनस सेयरपछि कायम हुने पुँजीमा ३० प्रतिशत हकप्रद सेयर पनि दिइने छ।

5905
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका