जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ३९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको खुद ब्याज आम्दानी ३९ प्रतिशतले बढ्यो

खुद ब्याज आम्दानीमा करिव ३९ प्रतिशतको बृद्धिसहित एभरेष्ट बैंकले गत आर्थिक बर्ष खुद नाफा २ अर्ब ३० करोड रुपैयाँ गरेको छ। बैंकले शुक्रबार गत आर्थिक बर्षको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ५ प्रतिशतले बढेको जनाएको छ।

बैंकले खुद ब्याज आम्दानि ३९ प्रतिशतले बढाएर ५ अर्ब ८० करोड रुपैयाँ पुर्याएको छ। बैंकले निक्षेपमा साधान्य सुधार गर्दै ब्यापार बिस्तारमा लक्षित हुँदा खुद ब्याज आम्दानीमा सुधार भएको हो।

बैंकको निक्षेप सात प्रतिशतले बढेर एक खर्ब ३६ खर्ब रुपैयाँ पुग्दा ऋण भने २४ प्रतिशतले बढेर एक खर्ब ३७ अर्ब रुपैयाँ नाघेको छ। राष्ट्र बैंकको नयाँ नियम र ऋण बिस्तारका कारण बैंकको प्रोभिजनिङ ५ प्रतिशतले बढेको छ। बैंकको नाफामा सेयर बिक्रीबाट भएको आम्दानीको पनि योगदान छ। यस्तो आम्दानी बैंकले २९ करोड ७१ लाख रुपैयाँ गरेको छ।

5315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका