जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सद्वारा २ करोड ६५ लाख रुपैयाँ दावी भुक्तानी

सगरमाथा इन्स्योरेन्सद्वारा २ करोड ६५ लाख रुपैयाँ दावी भुक्तानी

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले गत बर्ष २०७८ पुस २१ गते मलानपूर, भारतमा भएको सडक दूर्घटनाका कारण भएको क्षति अन्तर्गत दावी वापत हाइटेन्सन स्वीचगियर प्रा.लि लाई २ करोड ६५ लाख ७३ हजार ८ सय ४९ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

उक्त रकम बराबरको चेक हाइटेन्सन स्वीचगियर प्रा. लि का अध्यक्ष द्वारिका श्रेष्ठ लाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड भक्तपूर शाखाका शाखा प्रमुख भरत अधिकारीले यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा हाइटेन्सन स्वीचगियर प्रा.लि निर्देशक नरेश अग्रवालको रोहवरमा हस्तान्तरण गरे ।

सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भूक्तानीमा संमेदनशिल रही आफ्नो ग्र्रहाकहरुलाई यथासक्य चांडै दावी भूक्तानी गर्न प्रयत्नशिल रही आएको छ । सगरमाथा इन्स्योरन्स कम्पपनीले आर्थिक बर्ष २०७८ /७९ मा १ अर्ब ८५ करोड बराबरको दावी भुक्तानी गरि सकेको छ ।

 

5070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?