जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कुमारी बैंकले घोषणा गर्‍यो लाभांश, साढे १२ प्रतिशत नगद दिने

कुमारी बैंकले घोषणा गर्‍यो लाभांश, साढे १२ प्रतिशत नगद दिने

एनसीसीसँग मर्जरको प्रक्रिया अघि बढाएको कुमारी बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। लाभांश गत वर्षभन्दा बढेको छ।
बैंकले साढे १२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो। पोहोर बैंकले ८.६७ प्रतिशत लाभांश दिएको थियो।

बैंकले बोनस सेयर नदिने निर्णय गरेको छ। बैंकले साढे १२ प्रतिशत नगद नै दिने छ।

बैंकले कायम चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँको साढे १२ प्रतिशतले हुन आउने एक अर्ब ८३ करोड रुपैयाँ नगद दिने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।

4610
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका