जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सनराइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाइ बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

सनराइज बैंकद्वारा केन्द्रीय अनुसन्धान व्यूरोलाइ बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक भिडियो हस्तान्तरण

बैंकिङ्ग पहुच बढ्दै गएको हालको अवस्थामा यसको प्रयोग संगै यसमा सतर्कता अपनाउनु पनि उतिकै आवश्यक देखिएको छ । साधारण बैंकिङ्ग सम्बन्धी जानकारीहरुको अभावमा मानिसहरु विभिन्न झमेलामा परिरहेका छन् । हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई, बैंकिङ्ग र डिजिटल बैंकिङ्गमा अपनाउनु पर्ने सावधानीहरु समेटेर बैंकले “कुशल” नामक चेतनामुलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्यूरोलाई हस्तान्तरण गरेको छ ।

एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सुमन शर्माले केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरक्त महानिरीक्षक श्री उत्तम राज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गर्नु भएको थियो । उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरुलाई उदाहरण बनाई विभिन्न बैंकिङ्ग सुरक्षा सम्बन्धी चेतनामुलक जानकारी, घटना र कथा मार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृतले बताउनु भयो । उक्त भिडियो प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशै भरी फिजाउने तथा बैंकले विभिन्न सामाजिक संजाल मार्फतसमाजमा पु¥याएर चेतना बढाउन मदत गर्ने जनाएको छ ।

3135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?