जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको टीम घोषणा

एफएनसीसीआई वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठको टीम घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्क्षमा उमेशलाल श्रेष्ठले आफ्नो प्यानल घोषणा गरेका छन्।

श्रेष्ठको प्यानलमा जिल्ला नगर तर्फ उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ, वस्तुगत तर्फ हेमराज ढकाल र एसोसिएट तर्फ भरतराज आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।

सोमबार ललितपुरमा आयोजित समूह घोषणा सभामा उमेशलाल श्रेष्ठले आफ्नो प्यानल सार्वजनिक गरेका हुन्। महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएटबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिने छन्।

जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मुल नाराका साथ उम्मेदवारी दिएको सो समूहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ।

अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि आगामी अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएर काम गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको उमेशलाल श्रेष्ठले बताएका छन्।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहलाई महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोदबहादुर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत साथ रहेको बताइएको छ।

4125
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?