कमना सेवा विकास बैंक र ट्रान्क्युलिटी स्पा बीच असार ३ गते आइतबार सम्झौता भएको छ ।
सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकमहानुभावहरुले ट्रान्क्युलिटी स्पा का सम्पूर्ण आउटलेटहरुले प्रदान गर्ने मसाज थेरापी तथा सैलुनमा २५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । साथै, सदस्यता लिएका बैंकका ग्राहकहरुलाई स्पा ले प्रदान गर्ने सेवा सुविधाहरुमा ५० प्रतिशत सम्मको छुटको समेत रहेको कम्पनीले बताएको छ ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।