जोडिनुहोस
बिहिबार, पुस ३, २०८२
बिहिबार, पुस ३, २०८२

हालको खबर

  • होमपेज
  • प्राधिकरणले किन बोलायो जीवन बीमा कम्पनीका अध्यक्ष र सीईओसंगको संयुक्त बैठक ?

प्राधिकरणले किन बोलायो जीवन बीमा कम्पनीका अध्यक्ष र सीईओसंगको संयुक्त बैठक ?

नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूको संयुक्त बैठक डोकेको छ।  प्राधिकरणले आगामी शुक्रवार (भदौ ८ गते) समसामयिक विषयमा छलफलका लागि कम्पनीका अध्यक्ष तथा सीइओहरुको संयुक्त बैठक बोलाएको हो । बैठकमा समग्र जीवन बीमा व्यवसायको बारेमा छलफल हुनेछ । छलफल शुक्रबार अपराह्न ४ बजे सिनामंगलस्थित एयरपोर्ट होटेलमा हुने बताइएको छ।

विशेषगरि मर्जरपछिका कम्पनीहरूको अवस्था र समसामयिक विषयमा छलफल हुने प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । उनले भने,–‘जीवन बीमा क्षेत्रमा देखिएका समस्या, चुनौती र समाधान तथा वर्तमान अवस्था लगायतका विषयमा छलफल केन्द्रित हुनेछ । मर्जरपछिको कम्पनीको अवस्था, चुक्ता पुँजी, हकप्रद सेयर लगायत समग्र जीवन बीमाको बारेमा छलफल गरिनेछ ।’

3155
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?