जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • बैंकहरूबाट फेरि २५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंकहरूबाट फेरि २५ अर्ब खिच्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा कर्जायोग्य लगानीबापतको रकम धेरै भएपछि राष्ट्रबैंकले धमाधम तरलता प्रशोचन गर्न थालेको छ। तीन दिनअगाडि ५० अर्ब खिचेको राष्ट्र बैंकले बुधबार फेरि २५ अर्ब रुपैयाँ खिच्ने भएको हो। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २५ अर्ब रुपैयाँ तान्ने भएको हो। यसका लागि बैंकहरुलाई निक्षेपमा लगानी गर्न आह्वान गरेको छ। लगानी गर्न इच्छुक बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसहित राष्ट्र बैंकमा आवेदन दिनुपर्नेछ।

निक्षेपमा लगानी गर्न चाहने बैंकले असोज २ गते ३ बजेसम्म अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले दिन पाउनेछन्।

3065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका