नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर कार्यक्रम ‘मिट द सीईओ’ आयोजना गरेको छ ।
सो अवसरमा कम्पनीका सीईओ सुरेशकुमार खत्रीले मधेश प्रदेशबाट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा सहभागि सबै अभिकर्ताहरुलाई लगन र परिश्रमको कदर गर्दै मायाको चिनो प्रदान गरेका थिए ।
यस्तै, स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्ताहरुलाई पनि विशेष सम्मान गरिएको थियो । कार्यक्रममा सीईओ खत्रीले मधेश प्रदेशबाट पहिलो सम्मान कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
उक्त अवसरमा सीईओले अभिकर्ताहरुको हितलाई ध्यानमा राखेर समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सीईओ स्किम ल्याएको बताए । साथै उनले विभिन्न जिल्लाबाट ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएको र मधेश प्रदेशबाट मात्रै ३० जना अभिकर्ताहरु छनौट हुन सफल भएको पनि बताए ।
कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा भोगेका समस्या, गुनासा, कम्पनीले सुधार गर्नुपर्ने पक्षहरुका बारेमा बताएका थिए ।