जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिको हिसाव निकाल्दै बीमा कम्पनी

बाढी पहिरोले निम्त्याएको भौतिक क्षतिको हिसाव निकाल्दै बीमा कम्पनी

दुई दिनको निरन्तर वर्षाले देशभरका विभिन्न स्थानमा ठुलो मात्रामा क्षती भएको छ। देशभरका अधिकांश ठाउँमा बाढी पहिरो जाँदा धेरै ठाउँमा घरहरु समेत बगाएको छ भने काठमान्डौ उपत्यकाको व्यवसायिक ठाउहरुमा बाढी पस्दा जनसंगै ठुलो मात्रामा धनको पनि क्षति भएको छ। 

बाढी पहिरोका कारण देशभर के कति क्षति भयो भन्ने यकिन तथ्यांक नआएपनि हाइड्रो व्यवसायीहरुले बिद्युत आयोजनाहरुमा करिब २ अर्ब रुपैयाँ बराबरको क्षति भएको तथ्यांक निकालेका छन्। 

त्यस्तै देशभरका कयौं ठाउँमा मोटरगाडीहरु बगाएको छ भने काभ्रे लगायतका जिल्लाहरुमा गाउँनै बगाएको अवस्था छ। यता काठमाण्डौ उपत्यकाका ब्यस्त व्यवसायीक स्थानहरुमा बाढी पस्दा कयौं कम्पनीका गोदाम डुबानमा परेका छन्। तर के कति मूल्य बराबरको क्षति भएको छ भन्ने यकिन तथ्यांक आएको छैन। 

यहि कारण पनि बीमा कम्पनीहरुको नियामक नेपाल बीमा प्राधिकरणले पछिल्लो वर्षातले निम्त्याएको क्षतिको यकिन गर्नलाई बीमा कम्पनीका प्रमुख कार्यकारीहरुलाई डाकेर छलफल गर्ने तयारी गरेको छ। 

“सबै कम्पनीका प्रमुखहरुलाई छलफलमा डाकेका छौँ” बीमा प्राधिकरणका एक अधिकारीले भने, “छलफल पश्चात क्षतिको एउटा आंकलन गर्न सकिने अवस्था बन्ने छ, र क्षति संकलनको लागी एउटा मोडल पनि तयार हुनेछ।”

एक निर्जीवन बीमा कम्पनीका अधिकारीकाअनुसार देशभरमा काठमाण्डौ उपत्यकामा धेरै कम्पनीका गोदाम डुब्दा त्यसले ठुलो क्षति निम्त्याएको छ। यो क्षति भुक्तानी गर्दा निर्जीवन बीमा कम्पनीको नाफा नोक्सान खातामै ठुलो असर पर्न सक्छ।  

2215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका