जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • अब १०० रुपैयाँका नोटमा चुच्चे नक्सा

अब १०० रुपैयाँका नोटमा चुच्चे नक्सा

नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन लाई ठेक्का दिने निर्णय गरेको छ।

राष्ट्र बैंकको केन्द्रीय कार्यालय, बालुवाटारबाट जारी गरिएको सूचना अनुसार, ३० करोड थान १०० रुपैयाँ दरका नोट छपाइ, आपूर्ति तथा वितरणका लागि ठेक्का सम्झौता गर्न उक्त कम्पनीलाई छनोट गरिएको हो। कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गर्नेछ ।

राष्ट्र बैंकले कम्पनीको बोलपत्रलाई सबैभन्दा न्यून मूल्यको रूपमा मान्यता दिँदै यसको प्रस्तावलाई स्वीकार गरेको हो। उक्त नोटमा मन्त्रिपरिषद्को निर्णय बमोजिम चुच्चे नक्सा राखिने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि, ओबरथुर फिडुसिएर एसएएस, फ्रान्सलगायतका अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूलाई समेत यो ठेक्का प्रक्रियामा सहभागी गराइएको थियो।

2270
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका