जोडिनुहोस
सोमवार, पुस ८, २०८१
सोमवार, पुस ८, २०८१
  • होमपेज
  • नेपाल एसबिआई बैंकद्वारा कैलालीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा कैलालीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

नेपाल एसबिआई बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलालीस्थित नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेको हो ।

उक्त सामाग्रीहरु बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्ती बलामी र प्रधानाध्यापक, जंग वहादुर तारामीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा,प्रमूख सञ्चालन अधिकृत,विकास आनन्द, प्रमुख कर्जा अधिकृत,अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत,रितेश अर्याल र बैंकका सुदुरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो । बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको जनाएको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

140
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका