जोडिनुहोस
बुधबार, माघ २, २०८१
बुधबार, माघ २, २०८१
  • होमपेज
  • धितोपत्र बोर्डले १० कित्ते नीति हटाउँदै

धितोपत्र बोर्डले १० कित्ते नीति हटाउँदै

नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ)मा आवेदन दिँदा हाल कायम रहेको १० कित्ते नीतिलाई हटाउने निश्चित भएको छ । बोर्डका पूर्व अध्यक्ष रेवत बहादुर कार्कीले सुरु गरेको १० कित्ते नीतिलाई हटाउन लागिएको हो । त्यसका लागि सेबोनले गत साता धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको संशोधनका लागि समिति गठन गरेको छ ।

गत साता नियमन विभाग प्रमुख मुक्तिनाथ श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । हाल आईपीओमा न्यूनतम १० कित्ता आवेदन दिन सकिने व्यवस्था छ । बोर्ड निकट उच्च स्रोतका अनुसार अब न्यूनतम ५० कित्ता आवेदन दिन मिल्ने गरी नियमावली संशोधन हुनेछ ।

समितिले साधारण सेयर (आईपीओ) का सम्बन्धमा रहेको कानूनी व्यवस्थालाई संशोधन गर्ने, अहिले देखिएका केही समस्यालाई दीर्घकालिन रुपमा समाधान गर्ने, धितोपत्र बजारलाई दीर्घकालसम्म व्यवस्थित बनाउने गरी समितिले सुझाव दिने बताइएको छ ।

समितिमा श्रेष्ठका साथै कानून विभागका उप कार्यकारी निर्देशक निरन्जय घिमिरे, नियमन विभागका उप कार्यकारी निर्देशक अम्बिका गिरी, निर्देशक रेवत श्रेष्ठ लगायत रहेका छन् । समितिले सुझाव तयार पारेर सेबोनको बोर्ड बैठकमा पेश गर्ने र बोर्डले पारित गरेपछि स्वीकृतीका लागि अर्थमन्त्रालय हुँदै मन्त्रिपरिषदमा पठाइने छ । मन्त्रिपरिषदले पारित गरेपछि कार्यान्वयका लागि अर्थ मन्त्रालयले सेबोनमा पठाउने छ । त्यसपछि कार्यान्वयमा जाने छ ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका