निर्जीवन बीमा
एनएलजी इन्स्योरेन्सद्वारा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

कृषकको टोल-टोल अनि घर -घर मा पुग्ने अभ्यासलाई निरन्तरता दिँदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस पटक कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल कार्यक्रम त्रीवेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिममा सम्पन्न गरेको छ । सो कार्यक्रम जेठ २ गते सम्पन्न गरेको हो । कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि कार्यक्रम संचालन गरिरहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले बताए।
उक्त कार्यक्रमका प्रमुख अतिथि त्रीवेणी गाउँपालिका ३ रुकुम पश्चिमका वडा अध्यक्ष दिपेन्द्र कुमार वलिले बीमाको महत्त्व बुझ्न अनुरोध गर्दै उपस्थित जनाएका सबैलाइ कार्यक्रमबाट आफुले प्राप्त गरेको बीमा सचेतना अब टोल टोलमा गएर बीमा सचेतना फैलाउन आग्रह गरे ।
उनले सबै बीमा अपरिहार्य रहेको त्यसमाथी कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताए । साथै सबै कृषकलाइ एनएलजी सङै जोडिएर बीमा गर्न आग्रह गरे ।
कार्यक्रमका सयोंजक एनएलजी इन्स्योरेन्स सल्यान शाखाका प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिएका थिए ।
उनले सरकारले कृषकलाई दिने बीमा शुल्कको ८० प्रतिशत अनुदानको लाभ संगै बीमाको लाभ लिन रुकुम पश्चिमका सबै कृषकलाइ बीमाको दायरामा ल्याउन अब यस्ता कार्यक्रम लिएर रुकुम पश्चिमका सबै स्थानिय तह अनि गाउँ गाउमा समेत क्रमस एनएलजी जाने बताए ।
रुकुम शाखा र सल्यान शाखाको समन्वय सहकार्य गर्दै रुकुम पश्चिमका सबै कृषकलाई बीमाको दायरामा ल्याउन आफू अहोरात्र खट्दै थप नबिनतम अभ्यासका साथ आउदा दिनहरुमा अघि बड्ने समेत बताए ।
सल्यान शाखा प्रमुख बोहराले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान, दाबी प्रक्रिया र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमाको बारे प्रष्ट पारेका थिए ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने लगाएत उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बोहराले धन्यवाद समेत व्यक्त गरे ।कार्यक्रममा त्रीवेणी गाउँपालिका ३ रुकुम पश्चिम् का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ५१ जना व्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन रुकुम पश्चिम् शाखा प्रमुख हेमराज बोहराले गरेका थिए ।
साथै कार्यक्रममा त्रीवेणी गाउपालिका ३ रुकुम पश्चिमका वडा सदस्य रति दमाई, पत्रकार नोखिराम थापा, युवा ब्यवसायी बिबियस बुढा मगर,जनक खत्री, पशु प्राविधिक जगत खड्का लगायतको अतिथ्यता रहेको थियो ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार







































































