जोडिनुहोस
शुक्रबार, मंसिर २०, २०८२
शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • सरकारले अनिवार्य गरेको बीमामै निर्जीवन बीमकहरु निर्भर

सरकारले अनिवार्य गरेको बीमामै निर्जीवन बीमकहरु निर्भर

सरकारले अनिवार्य गरेको सवारी बीमा र सम्पत्ति बीमामै निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेको देखिएको छ। सरकारले मोटर बीमा (तेस्रो पक्ष) अनिवार्य गरेको छ। तेस्रो पक्ष बीमा नभएसम्म सवारी साधन पास नै नहुने र ब्लु बुक नवीकरण समेत नहुने ब्यबस्था छ ।

त्यस्तै, सम्पत्ति बीमामा सरकारले गरेको अनिवार्यमा नै बीमा कम्पनीहरु निर्भर भएको देखिएको छ । सम्पूर्ण बीमामध्ये अधिकतम हिस्सा तेस्रो पाटी र सम्पति बीमाको नै रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको जेठ महिनासम्ममा ३९ अर्ब ८८ करोड ४० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार सञ्चालित १४ कम्पनीहरुले कुल २९ लाख २६ हजार ५२९ वटा बीमा पोलिसी बिक्री गरेर सो बीमा शुल्क आर्जन गरेका हुन् ।

निर्जीवन बीमा कम्पनीहरुले मोटर, सम्पत्ति, इन्जिनियर तथा ठेक्का जोखा, लघु, हवाई, सामून्द्रिक, कृषि तथा बाली, लघु लगायतका बीमा पोलिसी बिक्री वितरण गर्दै आएका छन् । विवरण अनुसार चालु आवको ११ महिनामा कम्पनीहरुले मोटर र सम्पत्ति बीमा मार्फत सर्वाधिक प्रिमियम कलेक्सन गरेका छन् ।

समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले १४ लाख ३४ हजार ६४७ वटा मोटर बीमालेख बिक्री गरेर ११ अर्ब ७४ करोड ५१ लाख बीमा शुल्क आर्जन गरेका छन् । सरकारले अनिवार्य गरेको भएर मोटर बीमा शुल्क बृद्धि भएको हो ।

निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमालेखबाट पनि ठूलो मात्रामा बीमा शुल्क आर्जन गरेको छ । कम्पनीहरुले ११ महिनाको अवधिमा कुल चार लाख ३७ हजार १७० वटा बीमा बिक्री गरेर चार १० अर्ब १३ करोड १२ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, इन्जिनियरिङ तथा कन्स्ट्रक्सन इन्स्योरेन्सका ३२ हजार ६४४ वटा बीमा पोलिसी बिक्री गरेर ६ अर्ब ९० करोड ४० लाख बीमा शुल्क कमाएका छन् । साथै, सामुन्द्रिक बीमाका तीन लाख ७४ हजार ३३१ वटा बीमालेखबाट चार अर्ब १४ करोड ३७ लाख रुपैयाँ, हवाई बीमालेखका १२० वटा बीमालेखबाट दुई अर्ब २६ करोड ५८ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

कृषि तथा पशुपन्छी बीमाका एक लाख ३८ हजार २९७ वटा पोलिसी बिक्री गरेर एक अर्ब ५० करोड ८२ लाख रुपैयाँ र लघु बीमाका तीन लाख ५१ हजार ४० वटा पोलिसी बिक्री गरेर ८६ करोड ४८ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

995
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका