जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो फोनेपे क्रेडिट कार्ड

महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो फोनेपे क्रेडिट कार्ड

फोनेपेले महालक्ष्मी विकास बैंकसँगको साझेदारीमा महालक्ष्मी फोनेपे क्रेडिट कार्ड सार्वजनिक गरेको छ। महालक्ष्मी आफ्ना ग्राहकलाई फोनेपे क्रेडिट कार्ड सेवा प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ।

फोनेपे क्रेडिट कार्ड स्किमअन्तर्गत उपलब्ध यो सेवा पूर्णरूपमा भर्चुअल रहेको र बैंकको मोबाइल बैंकिङ एपमार्फत सजिलै
पहुँच गर्न सकिने फोनपेले जनाएको छ।

कार्डमार्फत प्रयोगकर्ताले देशका कुनै पनि फोनेपे क्युआर मर्चेन्टमा स्क्यान गरी भुक्तानी गर्न सक्छन्। कम्पनीका अनुसार कार्डमा ४५ दिनको ब्याजरहित अवधि र लचिलो किस्ताबन्दी सुविधा उपलब्ध छ।

कार्ड सार्वजनिक गरिएको अवसरमा कम्पनीले महालक्ष्मी फोनेपे क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले अधिकतम ५०० रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्ने अफर ल्याएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले यो साझेदारी प्रत्येक नेपालीका लागि वित्तीय सेवा अझ सरल, आधुनिक र समावेशी बनाउने कम्पनीको लक्ष्यतर्फको अर्को महत्वपूर्ण कदम भएको बताए।

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका