जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनआइसी एशियाले रु. ४.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज १०.२५ %

एनआइसी एशियाले रु. ४.४ अर्बको ऋणपत्र निश्कासन गर्ने, ब्याज १०.२५ %

एनआइसी एशिया बैंक लिमिटेडले रु.१,००० अंकित दरका ४४,००,००० कित्ताले हुन आउने रु.४ अर्ब ४० करोड बराबरको सात वर्षको अवधिको ऋणपत्र निश्कासन गर्ने भएको छ । बैंकले निश्कासन गर्ने भनिएको यो ऋणपत्र चौथो हो ।

वार्षिक व्याजदर १०.२५ प्रतिशत भएको “एनआई सी एशिया ऋणपत्र २०८३/८४” निष्काशनको निमित्त बैंकले सानिमा क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ ।

प्रस्तावित १०.२५ प्रतिशत ब्याज भएको यस ऋणपत्र लगानीकर्ताका लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने बैंकको दाबी छ ।

सो ऋणपत्र निष्काशन सम्बन्धी सम्झौतापत्रमा एनआइसी एशिया बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा सानिमा क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

रु.४ अर्ब ४० करोड बराबरको ऋणपत्रमध्ये ६० प्रतिशत (२ अर्ब ६४ करोड) व्यक्तिगत र ४० प्रतिशत (१ अर्ब७६ करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्काशन तथा बिक्री खुल्ला गरिनेछ ।

प्रस्तावित ऋणपत्र १०.२५ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी ७ वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे बैंकले जनाएको छ ।

हाल यो बैंकको देशभर २८३ शाखा, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखा रहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने करिब १६ लाख ग्राहक रहेका छन्

9060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका