चन्दाको यादमा डुब्दै कमल - Aathikbazarnews.com Aathikbazarnews.com चन्दाको यादमा डुब्दै कमल - Aathikbazarnews.com
जोडिनुहोस
शनिबार, माघ ११, २०७६
शनिबार, माघ ११, २०७६

चन्दाको यादमा डुब्दै कमल

गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन । गायक तामाङले सन् २०१४ मा ” एउटा तारा ” नामक एल्बम सार्वजनिक गरिसकेका छन् । तेस्पश्चात सन् २०१५ उनले ” बुद्द संदेश भाग २ ”  सार्वजनिक गरेका थिए । उनले गाएका ” उहिले हामी “, ” निलो निलो ” ,  ” तिमी बिना ”  बोलका गीतहरु सोर्ता दर्शकले सुनिसकेका छन् ।

हाल अमेरिकामा भएका गायक तामाङले केहि  दिन अघि मात्रै ” आज पनि तिम्रो याद ”  बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आज पनि तिम्रो याद बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर  डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ । गीतमा संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन ।

रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन । बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन । कमल सिंह , चन्दा दहाल , आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन । सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका