जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

नेपालभर १० लाख भन्दा बढि सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय संजाल, ३ एक्सटेन्शन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित मजबुत सेवा प्रदान गदै आईरहेको एभरेष्ट बैंकले आफ्नो सेवा विस्तारको क्रमलाई निरन्तरता दिँदै ललितपुरको सानोगाउँमा ९५औं नयाँ शाखा खोलेको छ ।

एभरेष्ट बैंकले फराकिलो विश्वव्यापी सन्जालमार्फत व्यावसायिक र कुशल बैकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ । बैंकले समाजमा ठुलो संख्यामा र सबै वर्गहरुलाई बैकिङ्ग सुविधा पु¥याउने प्रयास स्वरुप देशका सबै क्षेत्रहरुमा शाखा स्थापना गर्ने कोसिस गरिरहेको छ ।

ललितपुरको महालक्ष्मी नगरपालिका सानोगाउँमा ९५औं शाखा यसै नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्र कुमार नेगीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । बैंकको यस नयाँ शाखा उद्घाटन समारोहमा बैंकका उच्च अधिकारीहरु लगायत विभिन्न प्रतिनिधिहरु र ठुलो संख्यामा स्थानीयको समेत उपस्थितिमा रहेको थियो ।
सानोगाउँका बासिन्दाहरुले अब आफ्नो घर ठाँउमा शाखामार्फत आधुनिक बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्नेछन् । साथै ग्राहकहरुले पूर्ण बैंकिङ्ग सुविधाको लाभ लिन पनि सक्नेछन् ।

11205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका