जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेको इन्स्योरेन्सले लकडाउनको बीच आह्वान गर्यो साधारण सभा

नेको इन्स्योरेन्सले लकडाउनको बीच आह्वान गर्यो साधारण सभा

नेको इन्स्योरेन्स इन्स्योरेन्सले लकडाउनको बीच स्थगित २४ औं वार्षिक साधारण सभा पुन: जेठ २३ गते शुक्रबार आह्वान गरेको छ।

यसअघि बैशाख १ गते आह्वान गरिएको साधारण सभा कोरोना भाइरसका कारण देशमा विषम परिस्थितिको सृजना भएपछि कम्पनीले अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको थियो।

कम्पनी सञ्चालक समितिको बैशाख ३१ गते सम्पन्न संचालक समितिको ३८९ औं बैठकले शेयरधनीलाई अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनुपर्ने र १ मिटरको सामाजिक दूरी कायम गरि कुर्सीहरु राखि साधारण सभा गर्ने निर्णय गरेको हो। यस्तै सभामा कम्पनीको इमेल र वेवसाइट मार्फत डिजिटल माध्यमबाट पनि सहभागिता जनाउनसक्ने कम्पनीले जनाएको छ।

साधारण सभामा हाल कायम चुक्ता पूँजीको ८.१६ प्रतिशत कर सहित नगद लाभांश (१० करोड ७४ लाख ७४ हजार ७०० रुपैयाँ) वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।

यसैगरि सभाले सभाले आगामी ४ वर्षको लागि संस्थापक समूह (क) बाट ३ जना र समूह (ख) बाट २ जना गरी ५ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ ।

सभाले लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण र आव २०७५।७६ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब सहितको वित्तीय विवरण छलफल गरि पारित गर्ने प्रस्तावहरु रहेका छन्

7070
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका