जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रभु क्यापिटलले दियो शेयर बजार सम्बन्धी आधारभूत तालिम

प्रभु क्यापिटलले दियो शेयर बजार सम्बन्धी आधारभूत तालिम

प्रभु क्यापिटल लिमिटेडले ६ गते काठमाण्डौ मण्डिखाटार स्थित इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) संस्थाको सहकार्यमा संस्थाको कार्यालय मण्डिखाटारमा शेयर बजार सम्बन्धी १ दिने आधारभूत तालिम कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा करिब संस्थामा आबद्ध २० जना कर्मचारीहरुले सहभागीता जनाएका थिए ।

यसैगरी क्यापिटलले काठमाण्डौको कालिकास्थानमा रहेको प्लाटिनम कलेजका विविए संकाय अन्तरगतका विद्यार्थीहरुको लागि शेयर बजार सम्बन्धी ३ दिने आधारभूत तालिम कार्यक्रम शुरुवात गरेको छ । आजबाट चैत्र १० गते सम्म ३ दिन चल्ने सो तालिमको पहिलो दिन आज नेपालको पूँजी बजार सम्बन्धी आधारभूत तालिम तथा प्राथमिक एवं दोश्रो बजारमा लगानी गर्नका लागि जान्नु पर्ने विषयका बारेमा तालिम दिइएको थियो ।

यसै गरी चैत्र ९ गते लगानी रणनीति तथा जोखिम व्यवस्थापनको बारेमा तथा चैत्र १० गते आधारभूत तथा प्राविधिक विश्लेषणको बारेमा तालिम सञ्चालन गरिने कार्यतालिका रहेको छ । सो तालिम कार्यक्रममा सो कलेजमा विविए संकायमा अध्ययनरत करिब ६० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रभु क्यापिटलको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत शेयर सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले विभिन्न संस्थाहरुसँगको सहकार्यमा यस्तो तालिम कार्यक्रम सञ्चालन गर्दै आएको छ । आइआइडिएसमा सञ्चालन गरिएको तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले गरेका थिए । यसै गरी प्लाटिनम कजेलको तालिम कार्यक्रममा पहिलो दिन प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत कृष्ण गिरीले, चैत्र ९ गते प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र चैत्र १० गतेको तालिम रिसर्च हेड अविरल नेपालले सञ्चालन गर्ने कार्यतालिका रहेको छ

6715
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका