जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • चुनावको घोषणालाई सेयर बजारले सकारात्मक, दोस्रो ठूलो कारोबारको रेकर्ड

चुनावको घोषणालाई सेयर बजारले सकारात्मक, दोस्रो ठूलो कारोबारको रेकर्ड

सेयर बजारमा आइतबार फराकिलो अंकको सुधार देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर निर्वाचनको मिति घोषणा गरेपछि बजारले यसलाई सकारात्मक रुपमा लिएको लगानीकर्ताको बुझाइ छ।

२ अंकले बढेको बजारमा नेप्से सूचक २८२० बिन्दुमा पुगेको छ। त्यस्तै दोस्रो ठूलो सर्वाधिक कारोबार रकमको रेकर्ड समेत बनेको छ। आइतबार पौने १२ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ। यस अघिको सर्वाधिक कारोबार रकमको रेकर्ड ११ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

आइतबार कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, महालक्ष्मी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी हाइड्रोपावर, बरुण हाइड्रो पावर, बेष्ट फाइनान्स लगायत १६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। समता घरेलु लघुवित्त, रुरु जलविद्युत र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य २/३ प्रतिशतले घटेको छ।

8750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका