जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सेञ्चुरी बैंकको डिबेन्चर सर्वसाधारणलाई बाँडफाँट

सेञ्चुरी बैंकको डिबेन्चर सर्वसाधारणलाई बाँडफाँट

सेञ्चुरी कमर्सियल बैंकको १० वर्षे अवधि तथा साढे १० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेन्चर २०८८ को सेयर बाँडफाँट भएको छ।  कम्पनीले अंकित मूल्य १ हजार रुपैयाँ प्रतिकित्ता दरले २२ हजार कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत (१३ लाख २० हजार कित्ता) डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत ८ लाख ८० हजार कित्ता) सर्वसाधारणमा बिक्रीका लागि जेठ ४ सम्म आवेदन खुल्ला गरेको थियो।

सर्वसाधारणमा निष्काशित ८ लाख ८० हजार कित्तामध्ये सामूहिक लगानी कोषबाट माग भई आएको १० हजार कित्ता डिबेन्चर कोषलाई बाँडफाँट गरिएको छ। बाँकी ८ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुलला गर्दा सीआस्बा आवेदनबाट २२ सय ७२ जनाले ७८ हजार ७ सय ८५ कित्ता डिबेन्चरको आवेदन प्राप्त भएको थियो।

त्यसमध्ये १० जनाको ४१५ कित्ता डिबेन्चर रद्द गरी २२ सय ६२ जनालाई ७८ हजार ३ सय ७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणले ७ लाख ९१ हजार ६ सय ३० कित्ता माग गरेका थिए। सो समेत २१ लाख ११ हजार ६ सय ३० कित्ता डिबेन्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएको थियो। त्यसमा मागअनुसार नै आवेदन परेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक आएका आवेदकलाई २१ लाख ९० हजार कित्ता आज १० गते निष्काशक तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय नक्सालमा बाँडफाँट गरिएको हो।

3185
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?

पेन्सन र अवकाश कोषमध्ये एक विकल्प छान्न पाउने अन्तिम दिन असार मसान्तसम्म १४ हजार ९७१ रोजगारदाता सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन्। कोषका सहप्रवक्ता रोहित रेग्मीका अनुसार असार मसान्तसम्म २ लाख ७३ हजार ७२८ कर्मचारी कोषमा आबद्ध भइसकेका छन्। TATARiddhi siddhi CementSkoda कोषले असार मसान्तसम्म आबद्ध हुन आउनेलाई पेन्सन वा अवकाश कोषमध्ये एउटा छान्ने विकल्प दिएको थियो। आजबाट आबद्ध हुने अनिवार्य रुपमा पेन्सन स्किममा सहभागी हुनु पर्नेछ। नभए कर्मचारीले जागिर छाड्दासम्म जम्मा भएको सम्पूर्ण रकम झिक्न पाउने थिए। अहिले सामाजिक सुरक्षा कोषको बैंक तथा वित्तीय संस्थाका कर्मचारीले विरोध गरिरहेका छन्। उनीहरुले सर्वोच्च अदालतमा मुद्दासमेत दायर गरेका छन्। रेग्मीका अनुसार कोषमा ९ वटा वाणिज्य बैंक आबद्ध भए पनि ३ वटाले मात्र योगदान सुरु गरेका छन्। यसअघि लक्ष्मी र स्ट्यान्डर्ड चार्टर्ड आबद्भ भएकोमा नेपाल एसबीआइ बैंक पनि थपिएको छ। ३ वटा विकास बैंक आबद्ध छन्। १३ वटा फाइनान्स कम्पनी आबद्ध भएकोमा ९ वटाले योगदान पनि सुरु गरिसकेका छन्। ४६ वटा लघुवित्त संस्था आबद्ध छन्। यसमध्ये १८ वटाले योगदान सुरु गरिसकेका छन्। ३४ वटा बीमा कम्पनी आबद्धमध्ये १३ वटाले योगदान सुरु गरेका छन्। बैंक तथा वित्तीय संस्थाबाट कुल १०५ आबद्ध भएर ४३ वटाले योगदान सुरु गरिसकेका छन्। अधिकांश कर्पोरेट आबद्ध भइसकेका छन्। यसमा चौधरी समूह, डाबर नेपाल, युनिलिभर, केएल दुगड समूह, एफवान सफ्ट कम्पनी, एनसेललगायत छन्।