जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • एनसीसी बैंकले ३.३ प्रतिशत बोनस सेयर र ७.६ प्रतिशत नगद लाभांश दिने

एनसीसी बैंकले ३.३ प्रतिशत बोनस सेयर र ७.६ प्रतिशत नगद लाभांश दिने

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले यस वर्षका लागि लाभांश घोषणा गरेको छ । बैंकको असोज २९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट ११ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३.३६६३ प्रतिशत बोनस सेयर र ७.६३३७ प्रतिशत नगद लाभांश दिने भएको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ ।

बैंकले विगतमा दिएको लाभांश इतिहाँस हेर्नेहो भने आर्थिक वर्ष २०७०/७१ मा सबैभन्दा धेरै लाभांश बाडेको देखिएको छ । उक्त आवमा बैंकले २८ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरि कुल ४० प्रतिशत लाभांश वितरण गरेको थियो ।

बैंकको १३ वर्षे लाभांश इतिहाँस अनुसार बोनस सेयरमा नै जोड दिएको छ । यद्यपि, यस वर्षका लागि भने बैंकले नगद लाभांश बढी दिने भएको हो । आर्थिक वर्ष २०६५/६६ देखि २०६७/६८ सम्ममा बैंकले आफ्ना सेयरधनीलाई लाभांश वितरण गरेको देखिदैन । यस्तै, आव २०६९/७०, २०७२/७३ र आव २०७३/७४ मा पनि बैंकले लाभांश वितरण गरेको छैन ।

आव २०६८/६९ मा भने बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद, आव २०७१/७२ मा १६ प्रतिशत बोनस सेयर र ०.८४ प्रतिशत नगद लाभाश वितरण गरेको हो ।

यस्तै, आव २०७४/७५ मा १५.८९ प्रतिशत बोनस र ०.८३ प्रतिशत नगद, आव २०७५/७६ मा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

त्यसैगरि आव २०७६/७७ मा १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद, आव २०७७/७८ मा ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश बाडेको छ ।

 

1870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका