जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • भाटभटेनीका छत सौर्य ऊर्जा उत्पादनमा प्रयोग गरिने

भाटभटेनीका छत सौर्य ऊर्जा उत्पादनमा प्रयोग गरिने

भाटभटेनी सुपरमार्केट व्यवस्थापनले देशभरका आफ्ना सुपरस्टोरहरुका छत सौर्य ऊर्जा उत्पादनका लागि उपयोग गर्ने भएको छ। यसका लागि भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेण्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबीच सम्झौता भएको छ।

भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानहरूलाई उपयोग गरेर जम्मा १२.७५० मेगावाट बराबरको सौर्य विद्युत उत्पादन तथा सहकार्य गर्न सम्झौता भएको हो।

सम्झौतापत्रमा भाटभटेनीका तर्फबाट संचालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्। रिन्यु होल्डिङ्सले सोलर, हाइड्रो लगायतका नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ।

भाटभटेनीले देशभर २७ वटा सुपरमार्केटको स्थापना गरिसकेको छ भने अबको ५ वर्षमा ५१ वटा स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ, जहाँ सबै संरचनामा नवीकरणीय ऊर्जा प्रयोगमा जोड दिइने जनाइएको छ।

यस सम्झौताले मुलुकमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ भने कार्बन उत्सर्जनलाई पनि कम गर्ने रिन्यु होल्डिङ्सले जनाएको छ। दुवै संस्थाहरूले भविष्यमा पनि सहकार्य गर्दै राष्ट्रिय ऊर्जा लक्ष्यमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

2025
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका