जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • लक्ष्मी बैंकको साधारण सभा सम्पन्न

लक्ष्मी बैंकको साधारण सभा सम्पन्न

लक्ष्मी बैंक लिमिटेडको बाइसौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। आज पौष २८ गते बिहिबार काठमाडौँमा सो सभा सम्पन्न भएको हो।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।

आ.व. २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु. १७३ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

4740
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका