जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • नेपालको अर्थतन्त्र सकारात्मक मोडमा : आईएमएफ

नेपालको अर्थतन्त्र सकारात्मक मोडमा : आईएमएफ

अन्तर्राष्ट्रिय मुद्रा कोष अर्थात् आईएमएफका अनुसार गत वर्ष अधोगतिमा गएको नेपालको आर्थिक अवस्थामा केही सुधार आउन थालेको छ । विस्तारै यसले गति पक्रने सम्भावना देखिन्छ ।

आईएमएफले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार मौद्रिक नीतिले लिएको सावधान उदार नीति, सरकारले बजेटमार्फत पुँजीगत खर्च बढाउन देखाएको चासो, जलविद्युत्को बढदो उत्पादन तथा पर्यटक आगमनमा देखिएको सकारात्मकताले गर्दा आउँदो वर्ष सकारात्मक हुने सम्भावना मुद्रा कोषले देखाएको हो ।

गएको आर्थिक वर्षमा तीन प्रतिशत वृद्धि भएको अर्थतन्त्र आउँदो वर्ष ४.९ प्रतिशत पुग्ने सम्भावना रहेको आकलन कोषले गरेको छ । नेपालको आर्थिक अवस्थासम्बन्धी चौथो समीक्षा गर्दै आईएमएफको कार्यकारी समितिले नेपाललाई एसडीआर तीन करोड १४ लाख (करिब चार करोड १३ लाख अमेरिकी डलर बराबर) दिन स्वीकृति पनि दिएको छ ।

जुलाई ९ तारिखमा बसेको सो कार्य समितिको बैठकले नेपालले कोरोना महामारीले ल्याएको आर्थिक समस्या तथा विश्वभर देखिएको आर्थिक मन्दीसँग जुध्न ल्याएका कार्यक्रमको राम्रो उपयोग गरेको र यसले देशको समग्र आर्थिक अवस्थामा सन्तुलन ल्याउन सकेको पनि जनाएको छ ।

नेपालको हालको आर्थिक प्रगतिको लागि सबैभन्दा ठूलो बाधक पुँजीगत खर्च गर्न नसक्ने अवस्था हो, जसले गर्दा आर्थिक वृद्धिमा नकारात्मक असर पर्छ । साथै, तरल राजनीतिक अवस्थाले गर्दा नीतिगत निरन्तरतामा रोकावट आउनाले पनि सोचिएको आर्थिक उपलब्धि हुन नसक्ने सम्भावना रहेको पनि कोषले इंगित गरेको छ ।

2685
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका