जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • सानिमा रिलायन्स लाइफको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सो कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिय म्यानेजरहरु, तथा उत्कृस्ट शाखा प्रबन्धकहरुको सहभागिता पोखरा चितवनको एक होटेलमा कार्यक्रम सम्पन्न भएको थियो

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले स्पष्ट लक्ष्य निर्धारण, प्रभावकारी रणनीति निर्माण तथा अनुशासित कार्यान्वयनमार्फत कम्पनीलाई सफलताको शिखरतर्फ अग्रसर गराउन सकिने उल्लेख गरे । चुनौतीपूर्ण आर्थिक अवस्था तथा मर्जरपछिको परिवेशका बाबजुद पनि एकता, सामञ्जस्यता र प्रतिबद्धताका साथ कार्य गर्दा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

साथै, रणनीति कागजमा मात्र सीमित नराखी व्यवहार, निर्णय र परिणाममा उतार्नुपर्नेमा जोड दिँदै उत्कृष्ट कार्यसम्पादनको कदर र स्वच्छ प्रतिस्पर्धाको संस्कृतिले कर्मचारीको मनोबल उच्च बनाइ संस्थालाई अझ सुदृढ र प्रतिस्पर्धात्मक बनाउन मद्दत पुर्‍याउने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी आधिकृत शिवनाथ पाण्डेले कम्पनिको तथ्यांक तथा प्रगति विवरण प्रस्तुत गर्दै कम्पनीको कार्यसम्पादन वर्षेनि सुधारोन्मुख रहेको स्पष्ट पारे । साथै हालको अवस्थामा बजार लगानी मैत्री नहुँदा समेत कम्पनीले ३७.८०८ प्रतिशत लाभांश वितरण गर्न सफल रहेको उलेख गरे ।

आर्थिक वर्षको अर्धबार्षिक समिक्षा अबधिसम्ममा विभिन्न विधामा उत्कृष्ट कार्य तथा लक्ष्य हासिल गरेका क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर शाखा, उपशाखा प्रमुखहरुलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतले उपलब्ध स्रोत, साधन, ज्ञान, सीप र उत्कृष्ट ग्राहक सेवा मार्फत कम्पनीको ग्राहक सङ्ख्या विस्तार गरिने र यस वर्ष कम्पनीलाई नयाँ उचाइमा पराउन सबैले अहोरात्र खटिएर काम गर्नुपर्ने बताए । कार्यक्रममा उत्कृष्ट शाखा प्रबन्धकहरूले आफ्नो कार्यनुभव साटासाट गरेका थिए।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका