जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • पासपोर्ट ठेक्का प्रकरणमा १८ जनाविरुद्ध मुद्दा

पासपोर्ट ठेक्का प्रकरणमा १८ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित राहदानी (पासपोर्ट) ठेक्का प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मुद्दा दायर गरिएकाहरूमा विभागीय कर्मचारीदेखि विदेशी कम्पनीका नेपाल प्रतिनिधिहरूसमेत रहेका छन्। अख्तियारले पासपोर्टको ठेक्का लिने जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र अर्को जर्मन कम्पनी म्यूलबैरका नेपाल प्रतिनिधि मनिन्द्र राज मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको छ। सिद्धार्थ नेपाली कांग्रेसका सांसद सुनीलबहादुर थापाका छोरा हुन्। यस प्रकरणमा तानिएका मल्ललाई अख्तियारले पक्राउ गरिसकेको छ भने थापा हाल सम्पर्कविहीन रहेको बताइएको छ।

नेपालमा राजनीतिक चलखेल गरेर ठेक्काको स्पेसिफिकेसन नै बदल्दै सेटिङमा ठेक्का दिलाउने काममा उनीहरूले कम्पनी प्रतिनिधिको रूपमा मुख्य भूमिका खेलेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा अघि बढाएको हो।

20
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

छुटाउनु भयो कि?